त्रिभुवन विमानस्थलमा सङ्कटकालीन योजना अभ्यास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन योजना अभ्यास सम्पन्न भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा आज दिउँसो भएको सङ्कटकालीन योजना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित हवाई उडान, सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बन्धित विभिन्न निकाय संलग्न थिए ।

आधा घण्टाका लागि गरिने अभ्यासमा नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालक दलको उद्धार कसरी गर्नेलगायत अभ्यास गरिन्छ । उद्धारका लागि दमकल, एम्बुलेन्स र उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास पनि गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?