आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । फ्लोरिडाको लाउडरहिलमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुन पर्ने खेल वर्षाका कारण प्रभावित भएको छ ।
पानी परेर मैदान ओसिलो हुँदा अहिलेसम्म टस समेत हुन सकेको छैन । टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह ‘डी’ को नेपालले आज श्रीलङ्कासँग खेल्न लागेको हो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।
श्रीलङ्काले यसअघि दुई खेल खेलेकोमा पराजित भएको थियो । नेपालले श्रीलङ्कासँगको खेलपछि समूह चरणका अन्तिम दुई खेल वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बङग्लादेशसँग खेल्नेछ ।