चीनले अमेरिकी उत्पादनहरूमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामान आयातमा १० प्रतिशत शुल्क लगाउने घोषणा गर्नुभएको थियो । चीनले आजसम्म यो निर्णय फिर्ता नलिएमा जवाफ दिने बताएको थियो । आज चीनले अमेरिकाबाट आउने सामानमा थप शुल्कको घोषणा गरेको हो ।
अमेरिकाले यसअघि मेक्सिको र क्यानडाविरुद्ध २५–२५ प्रतिशत कर लगाएकोमा ३० दिनका लागि स्थगित गरेको छ ।