पानी नपरी बित्दै हिउँद, उत्पादन घट्ने चिन्तामा किसान

यसपालि सिङ्गो हिउँद पानी नपरी वित्ने जोखिम बढेको छ । वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पनि पानी पर्ने चालचुल नदेखेपछि किसान अहिले चिन्तामा छन् । मुख्यगरी अपेक्षित हिउँदेबाली गहुँ, आलु लगायतको राम्रो उत्पादन नहुने चिन्ताले किसानलाई पिरोलिरहेको छ । माघ अन्तिम हप्ता लागि सक्दा तराई र मधेसमा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन् ।
हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् । भर्खरै हुर्कदै गरेका लहरे तरकारी, उखु,आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ । तर, यसपाली वर्षा नै नभइ हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?