पाल्पाको माथागढी गाउँपालिका ५ सर्कुवासमा आज भएको टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । रहवास खैरेनी सडक खण्डमा चुनढुङगा लिएर लिएर रुपन्देहीको खैरेनी तर्फ जाँदै गरेको लु २ ख ५९६५ न को टिप्पर दुर्घटनामा परेको हो । दुर्घटनामा परि रुपन्देही देवदह २ का ३१ वर्षिय सुनिल गुरुङको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसी सुनिल मल्लले जानकारी दिएका छन । घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन ।
-नारायण न्यौपाने
पाल्पा, माघ २३