रोल्पामा जीप दुर्घटना हुँदा आमाको ज्यान गयो : दुई छोरा घाइते

रोल्पामा जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनामा सीताका दुई छोराहरु तीन वर्षका सौरभ र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते भएको जिल्ला प्रहरी ले जनाएको छ ।

घाइते बालकहरुको स्थानीय स्वास्थ्य चौकी मा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा जिल्ला अस्पताल रेउघा पठाइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ ।

हिजो बेलुका लु १ च ९४०६ नम्बरको जीप त्रिवेणी गाउँपालिका–७ गाङमा दुर्घटनामा भएको हो । जीपमा चालक, सहचालक, ज्यान गुमाउने सीता र उहाँका दुई छोरा गरी पाँच जना थिए । घटनापछि चालक र सहचालक फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?