माओवादी केन्द्र चन्द्रकोटको अध्यक्षमा गोकर्ण शर्मा

नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा गोकर्ण शर्मा निर्वाचित हुनुभएको छ । शर्माको नेतृत्वमा ४५ सदस्य रहेको पालिका कमिटि चयन गरिएको छ । जसको उपाध्यक्षहरुमा बाबुराम बोहोरा,ओमप्रकाश भण्डारी र सुशिला पुन रहनुभएको छ । सचिवमा लक्ष्मण अर्याल,सहसचिवमा हिमाल पुन मगर र कोषाध्यक्षमा टीकाबहादुर नेपाली रहेको नेकपा माओवादी केन्द्र चन्द्रकोट गाउँपालिकाले जनाएको छ । अधिवेशनको उद्घाटन सत्रको कार्यक्रम नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?