राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाले संचालन गरेको १ हप्ते मादल वजाउने तालिमको समापन तानसेन नगर प्रमुख शन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष कमल भट्टाइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा २४ जना भन्दा बढिले तालिमको सातै दिन उपस्थित भएर उत्साहजनक रुपमा तालिम लिएका, र तालिम लिनेहरु थप तालिम लिन इच्छुक भएको प्रशिक्षक रुपेश कार्कीले वताउनुभयो ।
समापन कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका संयोजक पवन वस्यालले प्रतिष्ठानले तानसेनमा पहिलो पटक मादल वजाउने तालिम संचालन गरेको र अव दोस्रो चरणमा यसलाई अझै व्यवस्थित गर्दै हार्वनियम वजाउने तालिम दिने आफुहरुको सोच रहेको जानकारि दिनुभयो । कार्यक्रममा विशिष्ठ अतिथि प्रतिष्ठानकी निवर्तमान अध्यक्ष तथा प्रदेश सदस्य रेखा थापा र पत्रकार महासंघका अध्यक्ष कमल तिमल्सिना लगायतले तालिमको प्रसंसा गर्दै यि र यस्ता तालिमहरु निरन्तर हुनु पर्ने भन्दै नगर प्रमुखलाई यसको थप निरन्तरताका लागी स्रोतको माध्यम बनिदिनुहुन आग्रह गर्नुभयो ।
कार्यक्रमा प्रतिक्षार्थीको तर्फवाट बाल्दै जन मावी का प्र.अ. समेत रहनु भएकि सरिता खत्रीले यो एक हप्ते कार्यक्रम आफुहरुका लागी नर्सरी कलासको पढाई वरावर भएकोले अव यसलाई पूर्वप्राथमिक तह सम्मको सिपका लागी वाटो वनाइदिनुहुन प्रमुख अतिथि नगर प्रमुखको ध्यानाकर्षण गराउनु भएको थियो ।
समापन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कमल भट्टराई कलाकार गशेण न्यौपाने र रुपेश कार्कीको टिमले स्वागत गीत द्वारा अथितिहरुलाई अभिनन्दन गर्नु भएकोथियो । मादल वजाउने १ हप्ते तालिको उदघाटन र समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुखले यो कार्यक्रमबाट आफु निकै प्रभावित भएको र यसको निरन्तरताका लागी कार्यपालिकाको वैठकमा छलफल गरि कुनै वडा वा अन्य माध्यम द्वारा यसको सम्वोधन गर्रिने प्रतिवद्धता जारि समेत गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा वोल्दै प्रतिष्ठानका अध्यक्ष भट्टराईले यो कार्यक्रमको समापन पछि भावी योजनाका लागी आफुहरुले छलफल गरि लामो तालिमका लागी प्रपोजल तयार गरि तत्काल नगरपालिकामा पेश गर्ने र नगरपालिका वाट आफ्नो कार्ययोजनाको सम्वोधन भएमा पुन: १ महिना देखि ६ महिना सम्मका तालीम दिएर प्रशिक्षार्थीलाई प्रशिक्षकको रुपमा श्रृजना गर्ने आफुहरुको इच्छा रहेको वताउनुभयो ।
कार्यक्रम संस्थाका उपाध्यक्ष रुपेश कार्कीको स्वागत सचिव गणेश न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
जेठ २४
जयराम सापकोटा ।





