विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न

विश्वहिन्दु महासंघ जिल्ला कार्यसमितिको वैठक सम्पन्न भएको छ । शाखाका बरिष्ठ उपाध्यक्ष दिनेश गन्धर्वको अध्यक्षतामा सम्पन्न वैठकमा आगामी कार्ययोजना वारे छलफल भएको हो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराई, हरि शंकर वस्याल, धर्मचन्रद्र नेपाल, मित्रलाल नेपाली,कला संस्कृतिका प्रदेश समिति अध्यक्ष जय प्रकाश उप्रेती, कार्यसमिति उपाध्यक्ष सरस्वती शर्मा वस्याल, जिल्ला कार्यसमिति सह सचिव जयराम सापकोटा, सहकोषाध्यक्ष फडिन्द्र लम्साल र सदस्य ठाकुर वस्याल लगायतले आगामी कार्ययोजना वारे आ-आफ्ना भनाई राखेका थिए ।

नियमित वैठक वस्नु पर्ने तालिका अनुसार ढिलै गरि वसेको वैठकले आर्थिक वर्ष २०८२/८३ का लागी जिल्ला भित्रका माध्यामिक तहका विधालयहरुलाई चरणवद्ध छनोट गरि धर्म संस्कृति र संस्कार वारे प्रशिक्षण दिने साथै हिन्दुधर्म भित्ररहेका विभिन्न धर्मालव्विहरुलाई एउटै मन्चमा राखी वृहत धर्म सम्मेलन गर्ने तथा धर्म संस्कृतिको जगेर्ना गर्नका लागी खैजडी मजुरा वजाउने तालिम दिने र जसका लागी महिला उपाध्यक्ष्य सरस्वती वस्यालको नेतृत्वमा प्रपोजल तयार गरि नगरपालीका जाने लगायतका विभिन्न निर्णय भएका छन् ।

वैठकमा विश्वहिन्दु महासंघ प्रदेश समितिले प्रकाशन गरेका क्यालेन्डर, ॐ ज्ञानज्योती नामक पुस्तक र नव जागृती वुलेटिन वितरण गरिएको थियो । कार्यक्रम विश्वहिन्दु महासंघका केन्द्रिय सदस्य भिमलाल भट्टराईको आतिथ्यता र जिल्ला शाखाकी सचिव तुलसा शर्मा गैरेको संचालनमा तानसेन ३ स्थित अमरनारायण मन्दिर परिसरमा सम्पन्न भएको हो ।

जेठ २७
जयराम सापकोटा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?