अत्यधिक गर्मी बढेको पश्चिम तराईसहित देशका केही जिल्लामा पानि परे पनि पूर्वी तराईमा भने अझै वर्षा नहुँदा गर्मी बढिरहेको छ । पछिल्लो १२ घण्टाको अवधिमा गण्डकी प्रदेशको धेरैजसो पहाडी क्षेत्र र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परेको छ । कोशी प्रदेशका धेरैजसो ठाउँमा फैलिसकेको मनसुन शिथिल भएर अघि नबढ्दा देशभर गर्मी बढेको र अर्को सामान्य प्रणालीका कारण केही ठाउँमा पानी परेको हो ।
बङ्गालको खाडीमा नयाँ न्यून चापीय क्षेत्र बन्ने क्रममा रहेकोले भोलिदेखि मनसुन सक्रिय हुन थालेर पर्सि शुक्रवारदेखि पानी पर्न थाल्ने र आइतवारदेखि वर्षाको सम्भावना धेरै रहेको मौसमविद्ले बताएका छन् ।





