तानसेन नगरपालिका-१ स्थित खल्लुखधारा टोल विकास संस्थाको चौथो साधारणसभा तथा प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। प्रमुख अतिथिका रूपमा वडा अध्यक्ष सुनिल कुमार वस्यालको उपस्थिति रहेको कार्यक्रममा वडा सदस्य रामप्रसाद भट्टराई, कार्यपालिका सदस्यहरू लक्ष्मी शर्मा र मन्जु विक, टोल विकास संस्था समन्वय समिति अध्यक्ष विजय प्रकाश आले तथा सचिव जयराम सापकोटा लगायत अन्य विशिष्ट अतिथि सहभागी रहेको थिए ।
कार्यक्रममा संस्थाकी अध्यक्ष अमृता दर्नालले आफ्नो चारवर्षे कार्यकालको वार्षिक प्रतिवेदन पेश गर्दै यो खल्लुखधारा टोल विकास संस्था गठन गर्दा कैयौ चुनौतीका बिच२०७८ सालमा तानसेन नगरपालिकामा २२औँ टोल विकास संस्थाको रुपमा दर्ता भएको जानकारि गराउँदै २२ वटा टोल संस्था मध्ये आफुहरु कान्छो टोल संस्था भए पनि छोटो समयमा संस्थाले ६२ वटा नियमित वैठक र ८ वटा आकस्मिक वैठक सम्पन्न गर्दै सुरुमै १० लाख वरावरको खल्लुखधारा पानीटंकी पुन निर्माण गरि त्यहाँ भासिदै गरेको खानेपानीको मुल संरक्षण गरि खल्लुक धाराको सौन्द्र्यीकरण र त्यसको संरक्षणका लागी समय समयमा सरसफाई तथा वार्षिक झाडी फडानी गर्ने गरेको एवं खल्लुखधाराको जटिल समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनका लागी ढल निर्माण सम्पन्न गरेको बताउनुभयो । वडाले अन्य विकाश निर्माणका लागी वजेट दिएमा आफुहरु जस्तो सुकै काम गर्न तयार भएको समेत दर्नालले बताउनुभएको थियो ।
त्यस्तै संस्थाकी कोषाध्यक्ष देविमाया रानाले करिव ४लाख १२ हजार ९२८ वरावरको आर्थिक प्रतिवेशन प्रस्तुत गर्नु भएको थियो।कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी शर्मा र टोलविकास संस्था संमन्वय समिति संयोजक विजय प्रकाश आले लगायतले संक्षिप्त शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शनिबार भएको टोलसंस्थाको अधिवेशनले आगामी २ वर्षका लागी पुन: अमृता दर्नाल अध्यक्ष रहेको कार्य समितिलाई नै पुर्णता दिने निर्णय गरेको संस्थाका कृयाशिल सदस्य सन्तोष चुहानले जानकारी दिनुभयो । कार्यक्रम संस्थाकी उपाध्यक्ष कल्पना रानाको स्वागत र समन्वय समिति सचिव जयराम सापकोटाको संचालनमा सम्पन्न भएको हो ।
जेठ ३१,
जयराम सापकोटा ।





