सापकोटा कल्याण केन्द्र पाल्पा शाखाको वैठक सम्पन्न भएको छ । कल्याण केन्द्र पाल्पा शाखाका अध्यक्ष मोहन प्रसाद सापकोटाको शभापतित्वमा सम्पन्न वैठकमा अध्यक्ष सापकोटाले प्रदेश समितिले राखेको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रममा भए गरेका गतिविधि र निर्णयहरु सुनाउदै अब देखि प्रत्येक जिल्ला समितिले आ-आफ्ना जिल्लाका सापकोटा बन्दुहरु मध्ये वंशावलिमा नाम छुटेका पुरुषहरुको नाम टिपाउने, नाम अशुध्द भए सच्याउनका लागी फम भर्ने र यस वर्ष देखि वंशावलीको नाम संकलन गर्दा पुरुषको मात्र नभई महिलाहरुमध्ये फुपु,दिदी,वहिनी/ श्रीमति,छोरा,छोरी र वुहारी समेतको नाम संकलन गरि पठाउनु पर्ने निर्णय भएको र तत्कालै सो अनुसार नाम टिपोट गरि पठाउन जानकारी गराउनु भएको थियो ।
वैठकमा कोषाध्यक्ष मोती सापकोटाले सापकोटा कल्याण केन्द्र देवघाट द्वारा प्रकासित क्यालेन्डर उपस्थित जिल्लाकार्य समिति सदस्यहरुलाई वितरण गर्नुभएको थियो । कार्यक्रम तानसेन २ अमरनारायण मन्दिर परिसरमा सापकोटा कल्याण केन्द्र पाल्पा शाखाका सचिव जयराम सापकोटाको संचालनमा सम्पन्न भएको हो ।
जेठ ३१,
जयराम सापकोटा ।





