गोर्खेकोट देउरालीमा खुला व्यायामशालाको उद्घाटन

तानसेन नगरपालिका वडा नं.१ अन्तर्गत गोर्खेकोट देउरालीमा निर्माणाधीन खुला व्यायामशालाको उद्घाटन सम्पन्न भएको छ। लुम्बिनी प्रदेशका माननीय स्वास्थ्य मन्त्री खेमबहादुर सारुले दीप प्रज्वलन गरी व्यायामशालाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा, भुसलडाँडा मावीका सहप्राध्यापक सुन्दर श्रेष्ट, न्यु एकता क्लवका निवर्तमान अध्यक्ष नारायण न्यौपाने, नेकपा एमाले नगरकमिटि अध्यक्ष गुराँस आत्रेय, वडानम्वर १ का वडाध्यक्ष शुनिल कुमार वस्याल लगायतले स्वाथ्य मन्त्रीलाई व्यायमशाला निर्माणका लागी वजेट विनियोजन गरिदिनु भएकोमा धन्यवाद दिदै, खुल्लाव्यायम शालालाई ओतलाग्ने ट्रस निर्माण एवं ट्बाइलेट निमार्ण गर्न तथा भुसलडाँडा मावीमा आवश्यक पुर्वाधार वारे विद्यालयको अवलोकन गर्न र भुसलडाँडा क्षेत्रमा क्रियापुत्री भवन निर्माणका लागी वजेट विनियोजन गरिदिन अनुरोध गरेका थिए । भने वक्ताहरुले मिशन हस्पिटलमा स्वाथ्य विमा संचालनका लागी पनि पहल गरिदिन मन्त्री सारुलाई जोडदार माग गरेका थिए ।

उदघाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि माननिय स्वाथ्यमन्त्री खेमवहादुर शारुले आफु स्वाथ्यको विषयमा अत्यन्तै चिन्तित रहेको भन्दै एैले नसर्ने रोगवाट कैयौ नेपालीहरुको ज्यान गएको उदाहरण प्रस्तुत गर्दै सवैलाई सन्तुलित आहार विहार सहित दैनिक योग र व्यायम गर्न सुझाब दिनुभएको थियो । पुर्व वक्ताहरुले राखेको भनाईलाई उधृत गर्दै मन्त्री सारुले स्वाथ्य विमा सम्वन्धि कार्यक्षेत्र र अधिकार संघिय सरकारको भएता पनि आफु र आफ्नो मातहतमा रहेको प्रदेश सरकारले स्वाथ्य विमा वारे पटक/पटक छलफल गरिरहेको तथा केहि जटिलताहरु रहेका कारण मिशन हस्पिटलमा विमा सहजरुपमा संचालन हुननसकेको जानकारि पनि दिनुभयो ।

व्यायमशाला निर्माणमा ठुलो सहयोग गरेको भन्दै स्थानिय समाजसेवी राजेन श्रेष्ठलाई र व्यायमशालाको योजना माग गर्ने नारायण न्यौपाले, र त्यसका पहल कर्मी गुराँस आत्रेयलाई सम्मान गरिएको थियो । कार्यक्रमा वडा नम्वर १ का वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, स्वाथ्य कार्यालय पाल्पाका लेखा प्रमुखज्, टोल विकाश संस्थाका अध्यक्ष तथा प्रतिनिधी, महिला समुह, पत्रकार, राजनितिक दलका प्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम न्यु एकताका क्लवका कावा अध्यक्ष मन्जु पान्डेको अध्यक्षता, सहसचिव अम्विका भट्टराईको स्वागत र क्लवका सचिव अच्युत खनालको संचालनमा सम्पन्न भएको हो ।

जयराम सापकोटा
असार २१

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?