श्री एकीकृत श्रीनगर पर्यापर्यटन सामुदायिक वन उपभोक्ता समूह र तानसेन नगरपालिकाको समन्वयमा गठित श्रीनगर पर्यटन व्यवस्थापन समितिको संयुक्त बैठक तानसेनको श्रीनगरमा सम्पन्न भएको छ।
बैठक समिति संयोजक सागरमान वज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले श्रीनगर क्षेत्रको पर्यटन व्यवस्थापनलाई व्यवस्थित गर्न दीर्घकालीन कार्ययोजना निर्माण गर्ने, बहुवर्षीय परियोजनाका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन तयार गर्ने, आवश्यक जनशक्ति व्यवस्थापन गर्ने र आगामी योजनाहरुलाई संयुक्तरूपमा अघि बढाउने निर्णयहरू पारित गरेको छ।
श्रीनगर पर्यापर्यटन व्यवस्थापन समितिका संयोजक सागरमान वज्राचार्यको अध्यक्षतामा सम्पन्न वैठकले श्रीनगरलाई कसरि व्यवस्थित गर्ने भन्ने वारे कार्ययोजना तयार गर्ने र वहुवर्षिय परियोजनाका लागी आई ई ए तयार गर्ने, आवस्यक कर्मचारी राख्ने र संयुक्त रुपमा भावि योजनाहरु तयार गरि अगाडी वढने लगायतका निर्णयका साथ वैठक सम्पन्न भएको हो ।
वैठकमा वडा नं. १ का वडाध्यक्ष सुनिल वस्याल, वडा नं३ का वडाध्यक्ष वावुरत्न शाक्य, वडा नं.५ का वडाध्यक्ष राम वहादुर रावल र वडा नम्वर छ का अध्यक्ष सागरमान वज्राचार्य, तानसेन नगर प्रमुख तथा उपप्रमुख र एकिकृत श्रीनगर पर्यापर्यटन सामुदायीक वन उपभोक्ता समुहका सदस्यहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम तानसेन नगर प्रमुख शन्तोषलाल वैध्यको प्रमुख आतिथ्यता, वाल कुमारी थापाको स्वागत र समिति सचिव प्रेम सागर शाहिको संचालनमा सम्पन्न भएको हो ।
असार २२,
जयराम सापकोटा ।





