‘दुस्मन हेरेको हेरै’ को सफलतापछि गायक दुर्गेश थापाले आफ्नो र छोराको जन्मदिनको अवसर पारेर नयाँ गीत ल्याउने घोषणा गरेका छन्। उनले फेसबुकमार्फत ‘नाच नाच भाइ नाच’ को पहिलो पोस्टर सार्वजनिक गर्दै दर्शकका लागि विशेष सरप्राइज तयार पारेको बताएका हुन्। टाटा, फ्युचरसफ्ट र रातोपाटी पात्रोको सहकार्यमा तयार गीत आगामी माघ १० गते सार्वजनिक हुनेछ, जुन दिन दुर्गेश र उनका छोरा दुवैको जन्मदिन हो। दुर्गेशले गीतलाई ‘फ्रेस, फन, एक्सन र फुल धमाका इनर्जी’ भएको बताएका छन्।
हाललाई पोस्टर मात्र सार्वजनिक गरिएको उल्लेख गर्दै उनले जन्मदिनको अवसरमा यो गीत दर्शकका लागि उपहार हुने बताए।





