श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले निर्वाचन प्रचारमा बालबालिका प्रयोग गरेको आरोप असत्य भएको बताएका छन्।
उजुरी परेपछि निर्वाचन आयोगलाई लिखित जवाफ दिँदै उनले कुनै अभिभावकलाई निर्देशन नदिएको र बालबालिकालाई फकाएर, डरधम्की दिएर वा प्रलोभनमा पारेर प्रचारमा नलगाएको स्पष्ट पारेका छन्।
साम्पाङले सामाजिक सञ्जालमा आएका भिडियोहरू सधैं सत्य नहुने भन्दै आफू वा पार्टीमाथि कारबाही आवश्यक नरहेको बताएका छन्।





