नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना सम्बन्धी रिटमा पेसी तोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएका छन्।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार काठमाडौंमा उपलब्ध सांसदहरू अदालत पुगेर ध्यानाकर्षण गराउने तयारीमा छन्। उनले चुनावअघि नै फैसला हुनुपर्ने माग रहेको बताएका छन्।
घिमिरेले अदालतले न्याय मरेको छैन भन्ने सन्देश दिनुपर्ने उल्लेख गर्दै, जे फैसला आए पनि स्वीकार गर्ने तर समयमै निर्णय हुनुपर्ने बताए।
संसद् विघटनपछि फागुन २१ गते निर्वाचन हुँदै छ ।





