पब्लिक डिबेटका लागि सधैँ तयार छु : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पब्लिक डिबेटका लागि सधैँ तयार रहेको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू जोसँग पनि सार्वजनिक बहस गर्न तयार रहेको बताए। अन्तरिम सरकार गठनपछि पहिलोपटक सार्वजनिक रूपमा बहसको सुरुआत आफूले नै गरेको दाबी पनि गरे।

भावी प्रधानमन्त्रीबीच पब्लिक डिबेट गराउने विषयमा बहस चलिरहेका बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन्। एमालेले केपी ओली, कांग्रेसले गगन थापा र रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन्।

नेकपाले उम्मेदवार नतोकेपछि प्रचण्डले आफू बहसका लागि तयार रहेको बताएका हुन्। अन्य नेताहरू सकारात्मक देखिए पनि बालेन शाह भने बहसमा सहभागी हुन अस्वीकार गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?