४ वर्षपछि प्रहरीको रासन १० प्रतिशतले बढ्यो

आगामी १ फागुनदेखि लागू हुने गरी प्रहरीको रासन र दैनिक भत्ता १० प्रतिशतले वृद्धि गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार यसबाट करिब ८० हजार प्रहरी कर्मचारी लाभान्वित हुनेछन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले रासन रकममा औसत १० प्रतिशत वृद्धि भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?