काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गअनुसार सबै निकायको सहकार्यमा एकीकृत योजना बनाएर अघि बढ्नुपर्ने बताएकी छन् ।
शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदहरूको बलिदानकै कारण लोकतान्त्रिक शासन व्यवस्था, नागरिक अधिकार, स्वतन्त्रता र समावेशिताको अभ्यास सम्भव भएको उल्लेख गरिन् ।
राणा शासनको अन्त्यदेखि जनताको अधिकार स्थापनासम्म शहीदहरूको योगदान अमूल्य रहेको भन्दै उनले त्यही बलिदानको जगमा आजको शासन व्यवस्था टिकेको बताइन् ।





