पाल्पा २ मा डा. माधव थापाको घरदैलो अभियान तीव्र, तिनाउका बासिन्दासँग प्रत्यक्ष संवाद

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले आज तिनाउ गाउँपालिकाको लामाचौर, भ्याग्ला, बगाहा र हरियाली क्षेत्रमा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गर्नुभयो । मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो एजेन्डा र योजनाबारे जानकारी गराउने उद्देश्यले उहाँ निरन्तर गाउँ-गाउँ, टोल-टोलमा पुग्नुभएको छ ।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले सडक सुधार, खानेपानीसहज उपलब्ध गराउने, युवालाई रोजगारी दिने र राम्रो स्वास्थ्य सेवा दिने जस्ता मागहरू राखेका थिए । यी सबै विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता डा.थापाले व्यक्त गर्नुभयो । कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

यस्तै, आज साँझ ६:३० बजे तानसेनको टुँडिखेलमा विशेष सभा आयोजना गरिएको छ । उक्त सभामा पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने कार्यक्रम रहेको छ । रास्वापा पाल्पा सभापति बिष्णु भण्डारीका अनुसार सभाको तयारी अन्तिम चरणमा पुगेको र हजारौं समर्थक तथा सर्वसाधारणको उपस्थिति रहने बताइएको छ ।

निराजन पौडेल
माघ २९ ,पाल्पा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?