टिप्परको ठक्करबाट दुई जनाको ज्यान गयो

फागुन २
तिनाउ गाउँपालिका–३, दोभान पाल्पामा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बुटवलदेखि पाल्पा तर्फ आउदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाईकललाई विपरीत दिशातर्फ जाँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।मोटरसाईकलमा सवार नामथर नखुलेको एक पुरुष र एक महिला घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले बताए ।
प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिई सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?