पाल्पामा गढ एमाले कांग्रेसको, क्रेज रास्वपाको

पाल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनलहर उर्लिएको छ । केही दिन अघि रास्वपा सभापति रवि लामिछाने पाल्पा आएका बखत पाल्पाका हजारौ युवाहरु रास्वपामा प्रवेश गरेका छन् । युवा मात्रै हैन उमेर ढल्केकाहरुले समेत अव मुलुकको निकासको जिम्मेवारी रास्वपाको काधमा आएको बताएका छन् ।

एमाले कांग्रेसको पकड रहेको बगनासकाली गाउँपालिकाका नागरिक यसपटक रास्वपाको पक्षमा छन् । यहाँ यसअघि भएका २ वटा स्थानीय तहको निर्वाचनमा पहिलो निर्वाचनमा कांग्रेस दोस्रो निर्वाचनमा एमालेले जित हात पारेका थिए । यसअघिको संघीय निर्वाचनमा बगनासकालीकै ठाकुर गैरेलाई यहाँका नागरिकले अत्याधिक मत दिएका थिए । यसपटक बगनासकालीका मतदाताले रास्वपाका डा. माधव थापालाई मत दिने बताएका छन् । ९ वटै वडामा रास्वपा सक्रियता समेत बढेको छ । एमालेको मत बढी रहेको दर्लमडाँडा, खानीगाउँ, खानीछापमा रास्वपाको बढी क्रेज छ । त्यस्तै यम्घा, चापपानी, चिर्तुङ्धारा, नायरनमतलेस र पोखराथोकमा पनि रास्वपाको उत्तिकै क्रेज छ । एमाले उम्मेदवार ठाकुर गैरेको जन्मगाउँ बराङ्दीमा रास्वपाले अत्याधिक मत ल्याउने रास्वपाका नेताहरुले बताएका छन् ।

यसअघि पुराना दलका नेताहरुले सबैभन्दा आशा किसानलाई देखाए र सबैभन्दा बढी हैरानी पनि किसानले नै पाए । बाँदर आतंकका कारण यहाँको बस्ती पातलिदै गएको छ । गाउँको बिकास हुन सकेको छैन । बहुचर्चित चिलाङ्दी चापपानी राम्दी सडक जीर्ण भएको छ । बनाउने कुरा नेताहरुको भाषणमा मात्रै सीमित छ ।

बगनासकाली घर भई माओवादी केन्द्रका नेता समेत रहेका कृष्ण भुसाल सहित ५० बढी युवाहरु केही दिन अघि सामुहिक रुपमा रास्वपामा प्रवेश गरेका थिए । यसको प्रभाव टोल टोलमा परेको छ । नेपाली कांग्रेसको गढको रुपमा रहेको चापपानीमा रास्वपाले महत्व पाएको छ ।
क्षेत्र नं. २ अन्तरगतको चिदीपानीमा पनि यसपटक रास्वपाकै लहर छ । .यसअघि स्थानीय तहको निर्वाचनमा यहाँ एमालेका उम्मेदवारले जित्नुभएको थियो । अहिले एमालेभित्र समस्या छ । नेकपा एमालेले पार्टी हित विपरीत काम गरेको भन्दै यहाँका वडाध्यक्ष राजकुमार पन्थीलाई कारवाही गरेपछि रास्वपालाई थप सहज भएको धेरैको अनुमान छ । रेडियो कुटुम्बसँगको अन्तरवार्तामा वडाध्यक्ष पन्थीले चिदीपानीमा रास्वपाको जित सुनिश्चित रहेको बताउनुभयो । देशमा परिवर्तनको पक्षमा आफु रहेको उहाँले बताउनुभयो ।

 

तिनाउँ गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा एमालेले अध्यक्ष जितेको थियो । अहिले तिनाउँ सबै वडामा रास्वपाप्रति धेरैको आकर्षण बढेको छ । रिब्दीकोट गाउँपालिकामा स्थानीय तह निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनले जितेको थियो । रास्वपाका उम्मेदवार डा. माधव थापा रास्वपाकै उम्मेदवार भएकोले पनि यहाँ उहाँले अत्याधिक मत पाउने बिश्लेषकहरुको भनाई छ । टोल टोलका मतदाताहरु घण्टीको प्रचारमा लागेका छन् ।

 

रैनादेबी छहरामा पनि रास्वपाप्रति उत्तिकै आकर्षण छ । यहाँ स्थानीय तहमा लगातार २ पटक नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए । तर रैनादेवी छहराको मुख्य बाटो हार्थोक, छहरा सडक झनै जीर्ण हुँदै गएपछि अहिले मतदाता मत फर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?