निर्वाचन सुरक्षामा प्रहरीको उच्च तयारी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी उच्च मनोबलका साथ चुनावी सुरक्षामा खटिएको जनाएको छ । प्रहरीका अनुसार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रहरीले शंकास्पद गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालय वा हटलाइन १०० मा जानकारी गराउन आग्रह गरेको छ । मतदान केन्द्रमा आन्तरिक सुरक्षा, मोबाइल गस्ती, रिजर्भ टोली, क्यूआरटी तथा विशेष निगरानी संयन्त्र सक्रिय रहने जनाइएको छ । प्रहरीले निर्वाचन आचारसंहिता, भीड नियन्त्रण र आपत्कालीन व्यवस्थापन लगायत विषयमा अभिमुखीकरण समेत दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?