काेशी सरकार र पहिचान पक्षधरबीच वार्ता चल्दै

कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता भइरहेको छ ।

विराटनगरको एक होटलमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता भइरहेको हो । गएको माघ ६ गते कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

हिक्मतकुमार कार्की नेतृत्वको सरकारले २०७९ साल फागुन १७ गते प्रदेश १ को नाम कोशी राखेपछि पहिचान पक्षधर पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित आन्दोलनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?