पालिकाकाे अनुदानपछि चुलाचुलीका किसान तरुल खेतीमा आकर्षित

इलामको चुलाचुली गाउँपालिकाले अनुदान दिएपछि किसानहरु तरुल खेतीतर्फ आकर्षित भएका छन् । धान, मकै, कोदो जस्ता परम्परागत खेतीको तुलनामा खेती गर्न सजिलो र आम्दानी पनि राम्रो हुने भएपछि किसानहरुले तरुल खेती गर्न लागेका हुन् ।

खेती गर्न सजिलो र आम्दानी पनि बढी हुने भएपछि किसानको आकर्षण बढेको चुलचुली – ५ का किसान मतिराज राईले बताउनुभयो । चुलाचुलीमा १९ बिघा १३ दशमलव ६ कट्ठा क्षेत्रमा सिमल तरुल खेती हुँदै आएको गाउँपालिकाको तथ्याङ्क छ ।

तरुल किन्न स्थानीय व्यापारी किसनाको बारीसम्म नै जाने गरेका छन् । गएको वर्ष चुलाचुली गाउँपालिकाले ३८ जना किसानलाई १२ लाख २४ हजार २ सय ९३ रुपैयाँ अनुदान दिएको थियो । किसानहरुले किलोको ३० देखि ४० रुपैयाँमा तरुल बेच्ने गरेका छन् । सिमल तरुलको बिक्री पुस, माघ र फागुन महिनामा बढी हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?