पाल्पामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
मंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।
‘दुर्घटनास्थलमा आठ वटा शव फेला परेको छ। हामी घटनास्थलमा हेर्दैछौं,’ उनले भने।
यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।