संजोक भुषाल, कर्मले कोरीया–रहरले कलाकार

संजोकका बाबु आमा शुक्रवार दङग परे जब घर पल्तिरकी नाताले भान्जी पर्ने राधिका न्यौपानेले मोबाईलमा छोराको गित देखाईन । ‘हामीले त त्यो युट्यूव हेर्न जान्दैनौँ संजोककी आमाले भनिन्, ‘छोरो सात समुन्द्र पारी छ उसले गीत गाएको सुन्दा झल्को मेटियो, यहि गित सुनेर बाबुको असेट मेटाउने त हो ।’

बाबु चुरामणी भुषालले छोराले गितहरुको संगालो भएको किताब किनेर ल्याएको देखेपछी च्यातेर धुजा पारेर मिल्काईदिएको संजोग स्मरण गर्छन । ‘उ बेला कलाकार बन्न हुँदैन भन्ने मानसिकता थियो, बुवाले पनि गीत गाएको मन पराउनु हुन्थेन’ संजोग भन्छन, ‘अहिले पो कुरा बुभm्नुभयो, पहिला त छोरो कलाकार बनेर बिग्रिन्छ भन्ने मात्रै थियो नी ।’
सानैदेखीको सपना गितसंगितमा । अल्लि ठुलो भएपछि लगाव । सक्ने भएपछी भविष्य सम्झेर गायक तथा सर्जक बन्न दौडिएका संजोकलाई कर्म गर्न कोरीया जानुप्यो । तर रहर मेटेर बस्न को सक्थ्यो ? महिना भरी गरेको कामबाट तलव आउन थालेपछी रहर पुरा गर्ने सोँच भयो । संजोकको रहर त थियोनै ‘तिमिमा क्षमता पनि छ ’ भनेर स्थापित कलाकारहरुलेनै भनेपछी उनलाई गीत रेकर्ड गर्ने शाहस जुट्यो ।

पर्वतको बिहादी गाउँपालिकाबाट बसाई सरेर पैँयू गाउँपालिका हातेमालोचोकमा पुगेका भुषालले बिद्यालय समयबाटनै गाउन थालका थिऐ । ‘बिद्यालयमा कार्यक्रम हुँदा त गाउँथे, मेरो आमाले पनि गीत गुनगुनाउने भएकाले आमा संग स्वर मिलाउदाको आनन्द अर्कै हुन्थ्यो’ संजोकले भने, ‘कर्मले कोरीया ल्यायो, रहरले गित रेकर्ड गरेर औपचारीक रुपमा कलाकार बन्दैछु ।’
संजोकले अध्ययनका लागि बुटवल जाँदानै गित संगितमा ब्यबसायिक हिसावले लाग्ने योजना बनाएका थिए । उनि काठमाण्डौ पुगेपछि विभिन्न दोहोरी साँझमा गाउन थाले । रमाइलो त थियो तर पारिवारिक र आर्थिक जिम्मेवारीले च्यापेपछी विकल्प उनले पनि विदेश देखे । कलाकारको रहरले रकम नदिएछी उनी कोरीया हानिय ।

कोरीयामा राम्रो आम्दानी गरिरहेका संजोगले अहिलेको चर्चित आवाज रचना रिमालको स्वरसंग युगल गित रेकर्ड गराए । दोहोरी तर कलाशिकल टाईपमा आएको गीत वास्तवमै कर्णपृय छ । दोहोरी साँझमा ७ वर्ष खारिएको आवाजले पहिलो पटक स्टुडियो अनुभव भनेर पत्याउन मुस्किल छ । संजोककै शब्द संगितको कर्णाली र भेरी उनकै युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?