तानसेन महोत्सवको म्याद कसरी थपियो भन्नेमा मेयरनै अन्यौल, आर्थिक चलखेल भएको आरोप

फागुन १९ गते देखि जारी तानसेन महोत्सव १० दिनका लागी आयोजना गरिएको हो । तर अन्तिम समयमा आएर मेलाको म्याद थपिएको छ । मेलाको समय कुन शर्तमा थपियो भनेर नगर प्रमुख सन्तोषलाल श्रेष्ठनै अन्यौल छन । ‘खै मेलाको ठेकेदारले कति पैसा दिन्छ राजश्वको मधुलाई सोध्नुहोस’ मेयर श्रेष्ठले भने, ‘यो विषयमा मलाई जानकारी हुँदैन’ कति पैसा लिएर म्याद थपियो भन्ने प्रश्नमा राजश्व शाखा प्रमुख मधुसुधन घर्तीले भने, ‘मलाई मेला थपेको नथपेको बिषयमा केही थाहा छैन, मलाई कसैले केही भनेको छैन ।’
एउटै बैठकबाट गरिएको म्याद थप्ने विषयमा मेयर श्रेष्ठ अन्योल छन् भने प्रवक्ता यादवसिं कार्कीको भने अर्कै बुझाई छ । प्रवक्ता कार्कीले ठेकेदार कम्पनी र तानसेन नगरपालिकाबिच भएको सम्झौताको ११ नम्बर बुँदामा बिपद् परेमा म्याद थपिन सकिने भनिएको बताए । तर म्याद थप्दा आर्थिक व्यवस्था के हुने भन्नेबारे केही पनि उल्लेख छैन । यसर्थ पनि यो सम्झौतापत्रको प्रारम्भिक समयबाटै चलखेल भएको बुुझिन्छ ।

६१ लाख रुपैँयामा १० दीन मेला चलाउन अनुमति पाएको राजधानी राइड्स नेपालले २ दिन मेला थपेपछी प्रतिदिन ६ लाख २० हजार रुपैँया दिनुपर्ने हो । तर कार्यपालिका बैठकले रावश्व संकलनलाई कुनै प्राथमिकता नदिई प्रभावमा परेको देखिन्छ ।

मेलाको म्याद थप्ने सम्बन्धी निर्णय तानसेन नगरपालिकाको फागुन २९ गतेको कार्यपालिका बैठकले गरेको हो ।

राजश्व शाखाले सामान्य कुरामा पनि कडा ब्यवहार गर्छ तर महोत्सवको सवालमा के गर्छ भन्ने आम चासोको विषय बनेको छ ।
१ दिन पानीका कारण मेला प्रभावीत भएपनि २ दिन थपिनुले आर्थिक चलखेल भएको सहज अनुमान गर्न सकिन्छ । ६१ लख संकलनका लागि सबै थोक छाडेर लागेको नगरपालिकाले अन्य क्षतीको बारेमा कुनै विवेक गर्न नसकेको कतिपयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?