गायक तथा सर्जक पुरुषोत्तम गैरेले आफ्नो नयाँ गीत मार्फत देशको पर्यटकीय ठाउँको प्रचार गरेका छन । उनले ‘सेती लुकेनी’ गीतमा मनोरञ्जन संगै विदेशीहरुको लागि नेपाल आकर्षक भएको सन्देश दिएका छन । सम्बन्धमा रहेका जोडीलाई एक अर्काको भरोसा रहेको भाव समेत गीतमा ब्यक्त गरिएको छ । पुरु टिम युट्यूव च्यानलबाट मंगलवार सार्वजनिक भएको गीत कर्णपृय छ । स्लो प्यार्टनमा रहेको सेती लुकेनी ८ मिनेट ७ सेकेण्ड लामो छ ।
म्युजिक भिडियोको निर्देशन लोमश शर्माले गरेका हुन । पुरूषोत्तम गैरेलाई शब्द लेखनमा बिमल पौडेलले साथ दिएका छन भने स्वरमा चर्चित गायिका शान्ती श्री परियारले साथ दिएकी छन । संगित गैरेकै छ । एच बि एन किस्मते संगित संयोजन गरेका छन ।
गीतको म्युजिक भिडियोमा आयुष्मा कार्कि, तेजस रेग्मीका साथमा अफ्रिकन नागरिककलाई समेत देख्न सकिन्छ । नेपाल घुम्न योग्य ठाउँ हो भनेर देखाउन खोजीएको भिडियोमा अफ्रिकन नागरिकको उपस्थिती भने सुहाँउदो देखिदैन ।
अधबैशे जोडिको माया, भिरपाखा र बन, घास दाउरा गर्न हिडेका साथिभाईहरु र हाम्रो देशको प्रकृति र गित सङ्गितमा रमाएका पर्यटकहरुको छोटो मिठो यात्रा गितमा दर्शाइएको सर्जक गैरेको प्रतिक्रिया छ ।
‘पिंजडाकी चरी’, ‘बैसाखी’, ‘का जाउ का जाउ भैरहनी’, ‘जाले रुमाल बैना’, ‘चेलीको व्यथा’, ‘सुधार केन्द्र’ लगायत गितहरु बजारमा ल्याएका छन ।
नारन न्यौपाने