दुवैमा मोडल बिमल र सारिकाको उपस्थितीले नेपालीहरु उत्साहित

युएईको दुवैमा चलिरहेको बृहत साँस्कृतिक कार्यक्रममा मोडल बिमल अधिकारी र सारिका केसी प्रति दर्शकहरु आकर्षित भएका छन । उनिहरुको प्रस्तुती र दर्शकप्रतिको सामिप्यताले दुवैमा आएका कलाकारहरुमा बिमल र सारिकाले मन जितेको कार्यक्रम हेर्न पुगेका दर्शक बिशाल पाण्डेले बताए । ‘उहाँको प्राईभेसीको कुरा पनि होला वा हामिलाई ईन्कार गर्नुभयो थाहा भएन मोडल ओभि रायमाझीले धेरै दर्शकहरुलाई वेवास्ता गर्नुभयो’ पाण्डेले भने’ ‘कलाकार भएपछि दर्शकको मायाँ पनि बुझ्नुपर्छ जस्तो लाग्छ, त्यो बिमल र सारिकाज्यूले महशुस गर्नु हुने रहेछ ।’

आँफुलाई मनपर्ने कलाकारको प्रस्तुती हेर्न ड्यूटिको वेवास्ता गरेर जाँदा कतिपय कलाकार तथा मोडलहरुको ब्यवहार र प्रतिक्रियाले मन दुख्ने अर्का दर्शक मिलन पङगेनीले बताए । ‘हुन त हामिले महत्व दिएर यहाँ आउन पाएका हुन तर कतिपयले आफ्नो हैसियत बिर्सिन्छन’ पङगेनीले भने, ‘कम्तिमा बिदेशमा आएपछि नेपालीले नेपाली प्रति घमण्ड देखाउनु राम्रो होईन ।’

म्यूजिक भिडियो कलाकार संघ नेपाल र अन्तराष्ट्रिय नेपाली कलाकार समाज युएईको संयुक्त आयोजनामा आईतवार बृहत कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागिता जनाउन नेपालबाट १९ जना मोडल तथा कलाकार युएई आएका छन । कार्यक्रमको संयोजन शिवन पोखरेलले गरेका थिए ।
-अतित भुषाल, युएई

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?