प्रदेश सांसद रानालाई निम्ता नदिएको भन्दै सभा संचालन गर्न अवरोध

गाउँकार्यपालिकामा एकल बहुमत रहेको नेकपा एमाले र प्रतिपक्ष नेपाली काङग्रेसका जनप्रतिनिधी बिच बगनासकाली गाउँपालिकामा बेलाबेला टसल परिरहन्छ । गतवर्ष नदिजन्य पदार्थ चोरी निकासीको आरोपमा वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई कारवाही गर्ने तयारी भएपछि गाउँपालिका नेत्रित्व र वडा अध्यक्ष अधिकारी बिच खटपट चलेको थियो । जुन निरन्तर छ ।

नेपाली काङग्रेसका तर्फबाट निर्वाचित वडा अध्यक्ष अधिकारीले मंगलवार गाउँसभाको प्रारम्भ भएपछीनै उठेर बिरोध जनाएका थिए जुन पहिलेको घटनाको पराकम्प हो । वडा अध्यक्ष अधिकारी सहित नेपाली काङग्रेसका तर्फबाट निर्वाचित सबै जनप्रतिनिधीले उठेर बिरोध जनाएका थिए । बैठकको कार्यसुची वाचन गरिरहेकी गाउँसभा अध्यक्ष सरस्वती चिदीले पटक पटक बस्न गरेको अनुरोध अस्विाकार गरेपछि वडा न ६ का अध्यक्ष अधिकारीलाई ३ मिनेटमा आफ्नो कुरा राख्न समय दिइएको थियो । सभामा समय पाएपछि बोल्दै अधिकारीले भने, ‘प्रदेश सांसद बिरबहादुर रानालाई गाउँसभामा निमन्त्रणा सम्म पनि गरिएन, किन ? यसको उचित जवाफ नआएसम्म सभा अगाडि बढ्दैन ।’ अधिकारीको प्रश्न पछि सभा अध्यक्ष चिदिले जवाफ दिईन, ‘गाउँसभामा १ जना अतिथिलाई मात्रै आमन्त्रित गर्ने र बोल्न दिने ब्यवस्था छ, २ जनालाई निमन्त्रणा गर्दा बोल्न दिन नसकिने भएकाले खवर गरिएको छैन, यसपटक संघिय सांसदलाई बोलाएका छौँ ।’ सभा अध्यक्षको जवाफ पछि बैठक अगाडी बढेको थियो ।

अध्यक्ष चिदीले कार्यपालिका बैठकमा अतिथिको बिषयमा कुनै प्रतिक्रिया नआएको र एक्कासी सभामा उठाईको बताईन । तर वडा न ६ का अध्यक्ष अधिकारीले वडा न ९ का अध्यक्ष थानेश्वर तिमिल्सीनाले कार्यपालिका बैठकमा बोल्ने क्रममा भनेको तर बैठकमा सुनुवाई नभएको तर्क गरे । वडा अध्यक्ष तिमिल्सीनाले सांसद बिरबहादुर राना र पुर्व अध्यक्ष कृश्ण बस्यालको नाम पनि लिन नचाहेकाले बिरोध गर्ने योजना बनाएरै सभा अवरोध गरेको बताए ।

दिनदहाडै बोक्सीको आरोपमा कुटपिट भई समाज अनैतिक बनेको विषय, खानेपानीको अभाव, बोटे तथा कुमाल जातीको उत्थान, बसाई सराई न्यूनिकरण, डाँडै पिच्छेका मन्दिर र पार्कमा गरिएको लगानीको उपलब्धी, जनामैत्री सेवा प्रवाहका विषयमा प्रश्न नगर्ने तर प्रतिपक्षको भुमिकामा छौँ भन्ने जनप्रतिनिधीले सांसदलाई निम्ता नदिएको बिषयमा सभा अवरोध गरेका हुन । ब्यक्तिलाई निमन्त्रणा भए नभएको बिषयमा सभानै अवरोध हुनु दुर्भाग्य भएको बगनासकालीका जनताको बुझाई छ । यसले जन्रप्रतिनिधी जनता वा नेता, को प्रति जवाफदेहि छन भन्ने प्रश्ट पार्दछ ।

गाउँपालिकाको सभामा निम्ता नगरिएको बिषयमा प्रदेश सांसद बिरबहादुर रानाले भने आफुँलाई कुनै मतलब नभएको प्रतिक्रिया दिए । ‘मलाई कुनै साथिले केही भन्नु भाको पनि छैन त्यो सबै उहाँहरुले आफनो तरिकाले गर्नुभएको कुरा भयो ।’ साँसद रानाले भने ।

-नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?