नेपाली पात्रोले नेपाली रेडियोबाट प्रसारण हुने कार्यक्रम स्रोताले आफू अनुकूल समयमा सुन्न सक्ने व्यवस्था गरेको छ । यसअघि रेडियोका समाचार तथा कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको बेलामा मात्र सुन्न सकिने अवस्था रहेकोमा अब प्रसारण भइसकेपछि पनि सुन्न सकिने व्यवस्था मिलाएको नेपाली पात्रोले जनाएको छ ।
यसको लागि नेपाली पात्रो एप्लिकेसनको रेडियो फिचरमा सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमको नाम र प्रसारण समय उपलब्ध छ । यस्तो व्यवस्थाबाट महत्वपूर्ण कार्यक्रम सुन्न छुटाएका स्रोतालाई सहज हुने नेपाली पात्रोको भनाई छ ।