भाईरल ! बनाउने, बन्ने र बनेकाहरुसँग संगत गर्नेको एउटा उद्धेश्य हो उ संगको सहकार्यले आँफु पनि भाइरल बन्ने र कम्तीमा पहिचान आर्जन गर्ने । यदि शिवु पाण्डेलाई भाईरल मान्ने हो भने कलाकार अर्जुन सापकोटाले जे अपनाई रहन्छन त्यो खास भाईरल हुनका लागि गरिएको हर्कत हो । भेलु बाजेलाई कलाकारको संज्ञा दिने र सहकार्य गर्नेहरुको रहर पनि उस्तै हो । सामान्य क्षमता सम्म पनि नभएका सचिनसंग समय खर्च गरिरहनेहरुको पनि उस्तै स्वार्थ हो, भाईरलहरुबाट भिउज कमाउने । भिजन नभएका तर भिउजको पछाडी लागेकाहरुले कलालाई कमसल बनाईरहेका छन ।
गायिका समिक्षा अधिकारीलाई पनि कुनै बेला सामाजिक संजालबाट आएकी भाईरल गायिका भनिन्थ्यो । उनि जहाँबाट आएपनि उनिसंग क्षमता थियो । जसले उनको स्वरलाई बुझ्यो उसले स्थान दियो । भाईरल बनेकाहरु र बनाईएकाहरुको पहिचान संचार माध्यमले नगरिदिँदा कलाकिारिताको गलत प्रयोग भैरहेको छ ।
अहिले भाईरल भएकी कल्पना बिस्ट प्रतिभा र क्षमताले बनेकी हुन । उनको सुखद सांगितिक भविष्य देखेर स्थापित सर्जक बसन्त थापाले अवसर दिएका छन । सर्जक थापाले जुन पवित्र उद्धेश्य राखेका छन त्यो कल्पना मात्रैका लागि नभई नेपाली सांगितिक भविष्यका लागि पनि राम्रो कुरा हो ।
सर्जक थापाले कल्पनाको अभाव, आवस्यकता र क्षमताको कदर गर्दै उनका लागि गित सिर्जना गरेको बताए । ‘मानिसहरुले भन्न सक्छन र केहिले भनेका पनि छन भाईरल भएका कारण काम गरेको होला’ सर्जक थापाले भने, ‘यस अघि पनि धेरै भाईरल कलाकार आए काम गरौँ भन्ने अफर पनि आयो तर गरिएन कल्पनाको साँगितिक क्षमता देखेपछि उनका लागि मिल्ने कथा बस्तुमा गित बनाएको हुँ ।’ सर्जक थापाले आफ्नो पहिचान र मान्यता हराउने गरि कसैसंग सहकार्य नगर्ने बताउँछन । कल्पनाले केहि वर्ष पहिला पनि गित रेकर्ड गराएकी थिईन त्यतिबेला उनको स्वर काँचो थियो । अहिले उनको स्वर लायक बनेको छ । लोक गितका मुर्छाना, लवाज, उच्चारण, गायकी एकदमै राम्रो छ । राम्रो प्रतिभाको पहिचान गरेर सहकार्य गरिएको हो, उनले भने ।
सर्जक थापाले प्रतिभाले ठाउँ पाउनुपर्छ भन्दै गित मार्फत आफुँले गरेका अनुभुति अरुसँग साट्दा अझ आनन्द आउने बताए । थापाले यसअघि सानिमाँया पनि पाको उमेरकी चन्द्रा सुवेदी संग प्रस्तुत गरेका थिए । जुन बेग्लै अनुभुति रहेको थापा बताउँछन ।
कल्पना बिस्ट अहिले चर्चित छन । उनको पारिवारिक आर्थिक अवस्थामा स्रोता दर्शकको सद्भाव र स्वरको माधुर्यताले उनलाई मन पराईएको छ । स्थापित सर्जक संगको सहकार्य आफ्ना लागि सौभाग्य भएको गायिका कल्पना बिस्टको भनाई छ ।
कल्पना बिस्ट मेचिकाली खवरका संचालक तथा संचारकर्मी भोजराथ थापाको अन्तरङग कुराकानी पछि थप चर्चामा आएकी हुन ।