तानसेन नगरपालिकाले लिजामा १ नम्बर थप गर्न र लोकसँग सार्वजनिक सुनुवाई नगरेको लाज छोप्न सार्वजनिक सुनुवाई गरेको छ । कार्यक्रममा दुर दराजका सेवा ग्राहीको कुनै उपस्थिती थिएन । यहाँ सम्मकी सार्वजनिक सुनुवाईको महत्वपुर्ण पाटो नागरिक र बह्गिमन अभिमत समेत संकलन गरिएको थिएन । सुशासनको चर्को स्वर गर्ने नगरपालिकाले यस अघि गरेको भनिएको सार्वजनिक सुनुवाईको कुनै प्रतिवेदन आफ्नो आधिकारिक साईटमा समेत राखेको छैन । उसले कार्यक्रम हुनुभन्दा ३ दिन अघि मात्रै सर्वसाधारणका लागि सुचना जारी गरेको थियो । जबकी कार्यविधी अनुसार १५ दिन अघि सार्वजनिक सुनुवाईका लागि अभिमत संकलन गर्नुपर्ने ब्यवस्था छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले प्रक्रिया मिचियको स्विकार्दै आगामी दिनमा सच्चिने बताए । उनले बिगतमा गरिएका कमजोरीका कारण कार्य प्रगतीमा समस्या भएको भन्दै आगामी आर्थिक वर्षमा सुधार्ने प्रतिबद्घता जनाए ।
प्रमुख प्रशासकीय अधिकृत नागिलाले भने, ‘मैले ३ लाख ५० हजारमा किनेको सामान यहाँ ५ लाखमा कोटेशन मिलाएर किनिएको रहेछ । मैले भुक्तानी रोकेपछि सम्बन्धित साहुलाई ३ लाख ५० हजार दिइएको थियो । खरिदमा समस्या छ, को खेल्छ अनुसन्धान गर्छु । सोलार बत्तिले काम नगरेको, रानीमहलमा पानीको फोहोरा बिग्रेको बिषयमा म आफैँको प्रश्न छ । नागरिक र संचार जगतले बाटो देखाईदिनु पर्छ हामि सहि बाटो हिँडन तयार छौँ ।’ उनले कर्मचारी तर्फ सङकेत गर्दै १ वर्ष पढाएर बिध्यार्थी उत्तिर्ण गराउन नसक्ने शिक्षक सुध्रिनुपर्ने बताए ।
सार्वजनिक सुनुवाईमा सहभागीहरुले सांस्कृतिक नगर भने पनि संस्कृती संरक्षणका लागि बेवास्ता गरिएको, दर्ता चलानि गरिएको पत्रको रेकर्ड नराखिएको, कर्मचारीले कार्यालय समयमा अनुगमन भक्ता लिने गरेको, कार्यालय समयमा कर्मचारी हाजिर नहुने गरेको लगायतका बिषयमा प्रश्न तथा जिज्ञासा राखेका थिए ।
प्रश्नहरुको जवाफ दिदै तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेश्ठले जनताका सुझावहरुलाई आत्मसाथ गरेर अगाडी बढने बताए ।
तानसेन नगरपालिकामा आर्थिक तथा नीतिगत सुधारका लागि प्रमुख प्रशासकीय अधिकृत नागिलाले महत्वपुर्ण कदम चालेको, सभाहल मर्मत, वडाबाट हुने कामको नियमन, राजश्व संकलन बृद्धिका लागि नगरपालिकाले सन्तोषजनक काम गरेको पनि सहभागीको भनाई थियो ।
-नारायण न्यौपाने