गायिका मञ्जली बस्यालको झिलझिल सितारा तीज गित सार्वजनिक

तीज पर्वका गितहरु दिनहुँ सार्वजनिक हुँदा गायिका मञ्जली बस्यालको पनि गित डिजिटल बजारमा आएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि बस्यालको झिलझिल सितारा सार्वजनिक भएको हो ।

गितमा बहु सम्बन्धमा रहने आजकलका युवा पुस्ताको चरित्रलाई प्रस्तुत गर्न खोजिएको छ ।

बस्याल लोक तथा दोहोरीको क्षेत्रमा बिगत ७ वर्षदेखी सक्रिय छन । बस्यालको पहिलो गीत बारुले कम्मर भाँच मायाले हो ।
७ बर्षको गायन यात्रामा उनको आवाजमा आधा दर्जन गीतहरु बजारमा आइसकेका छन भने उनी लाईभ दोहोरी मार्फत समेत दर्शकमाझ परिचित छन । मञ्जलीले मोडलिङ समेत गर्छिन ।

अहिले सार्वजनिक भएको गितमा बस्याल सहित विशाल रायमाझी, सिमा नेपाली र रमेस सुनारको आवाज छ । निर्देशन र मोडलिङ समेत गरेका बिशालको शब्द तथा लय सिर्जना रहेको गितमा एलिना रायमाझी ,सरोज प्रजा, अस्मिता रणपाल, सन्ध्या क्षेत्री, निरज थापाको भुमिका छ ।

भिडियोको छायाङकन प्रकाश खडकाले गरेका हुन । मञ्जलीको गत बर्ष तल्लाघरे भाइ तीज बजारमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?