जयराम सापकोटा
पाल्पामा ब्राह्मण समाज नेपालको जनै बनाउने कार्यक्रम सम्पन्न भएको छ । ब्राह्मण समाज नेपाल जिल्ला कार्य समिति पाल्पाको आयोजना र २ नं वडा कार्यालय तानसेन नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने जनै वनाउने तालिम सम्पन्न भएको हो । तानसेन नगरपालिका निमित्त नगर प्रमुख प्रतीक्षा सिंजालिको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा वडा नं २ कि महिला सदस्य सविता भट्टराई, प्राचार्य चक्रपाणी गौतम्, सामाजिक तथा वौदिक व्यक्तित्व बुद्धि प्रसाद शर्मा, प्रत्रकार सेनानी मेघराज शर्मा, विश्वहिन्दु महासंघका केन्द्रीय सदस्य हरि शंकर वस्याल, वडा नं १ का वडाध्यक्ष सुनिल वस्याल, वडा नं २ का वडाध्यक्ष महेश्वर श्रेष्ठ, लगायतले जनैको महत्व वारे वोल्नु भएको थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै तानसेन नगरपालिका प्रसासकिय अधिकृत हरिराम नागिला तथा निमित्त नगर प्रमुख प्रतीक्षा सिंजालीले समस्त हिन्दुहरुका लागी जनैको निकै महत्व रहेको र अहिले बर्सेनि चाइना तथा भारतवाट कडोरौको जनै आयात गर्नु पर्दा नेपाली पैसा विदेश पठाउनु पर्ने वाध्यतालाई मध्यनजर गरि स्थानिय स्तरमा जनै वनाउने तालिम दिई जनै उत्पादन गर्न सके आफ्नो संस्कार र सस्कृतिको गर्जेना हुने र यसलाई व्यवसायीक रुपमा उत्पादन गर्न सके निम्न आय भएका व्यक्तिहरुका लागी जिविको पार्जन हुने भएकोले पनि आफुहरुले जनै वनाउने तालिमलाई उत्साहका साथ लिई पहिलो पटक तालिमका लागि योजना स्वीकृत गरेको भन्दै तालिम उपलब्धि मुलक होस भन्ने शुभ कामना दिनुभयो । तानसेन नगरपालिका वडा नम्वर २ वडाकार्यालयको शभाहल मा चलेको जनै वनाउने तालिममा करिव ४२ जनाको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा वोल्दै मुख्य प्रशिक्षक नारायण प्रसाद अर्यालले यो पहिलो पटक आयोजना गरिएको तालिम भएकोले नयाँ पुस्तालाई सिकाउन समय लाग्ने हुदा तिन दिनको तालिमले मात्र सिकाइ पुर्ण नहुने भन्दै आगामी दिनहरुमा यसका लागी समय र दायरा फराकिलो पार्नु पर्नेमा जोड दिनु भयो ।
तेस्रो दिनको समापन कार्यक्रममा प्रतिक्षार्थीको तर्फवाट उज्वल ज्ञवाली, तुल्सा नेपाल, विश्वराज रेग्मी, लगायतले वोल्नु भएको थियो भने प्रशिक्षकको तर्फवाट गोविन्द नेपालले आफ्नो भनाई राख्नु भएको थियो भने अतिथिमा नगर पालिकाका लेखा अधिकृत कौशल न्यौपाने, वडा नम्वर १ का अध्यक्ष शुनिल वस्याल, वडा नम्वर २ का अध्यक्ष महेश्वर श्रेष्ठ, तथा समापन शत्रका प्रमुख अतिथि प्रसासकिय अधिकृत हरिराम नागिला लगायतले तालिम उपलव्धि मुलक रहेको र वाहिर यसको राम्रो सन्देश गएको वताउनु भयो । प्रशिक्षण कार्यक्रमका अध्यक्ष धर्मचन्द्र नेपालले आयोजकको तर्फवाट अतिथिज्युहरुलाइ तालिमवाट तयार गरेका जनै उपहारको रुपमा प्रदान गरेका गर्नु भएको थियो ।
कार्यक्रम ब्राह्मण समाज नेपालका कोषाध्यक्ष कृण्ण चालिसे को स्वागत र सचिव पुरुषोत्तम अर्यालको संचालनमा सम्पन्न भएको हो ।