राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहाँसिक भगवती रथ यात्राको अवलोकन गर्नका लागि आज मंगलवार पाल्पा सदरमुकाम तानसेन आए । नेपालले जितगढी युुद्धमा अङग्रेजलाई हराएको सम्झनामा २०५ वर्ष अगाडिबाट बिजय उत्सव स्वरुप निकाल्न लागिएको भगवतीको रथयात्रा पाल्पामा भब्यताका साथ मनाइने पर्व हो ।
भगवती रथयात्राको गरिमा उचो बनाउन आयोजक भगवती मन्दिर गुठि ब्यवस्थापन समितीले राष्ट्रपती पौडेललाई आमन्त्रण गरेको थियो । आयोजकको आशा थियो राष्ट्रपती पौडेलले त्रिपालले छोपिएको भगवती मन्दिर देखेर त्यसको मर्मत संभारका लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नेछन । तर उनि नबोली फर्किए । जवकी आयोजकले रथ अवलोकन गर्न र आमन्त्रित ब्यक्तिको सम्बोधनका लागि साउण्ड सिस्टमको समेत ब्यवस्था गरिएको थियो । तर त्यसको प्रयोगनै भएन ।
राष्ट्रपतिको सम्बोधनको तालिका भएपनि सुरक्षाको कारण भन्दै सम्बोधन रद्द गरिएको आयोजक भगवती मन्दिर गुढी ब्यवस्थापन समितीका सचिव प्रकाशनाथ गङगोलले बताए । ‘हामिले पहिलेनै सेड्यूल पठाएका थियौँ, उताबाट फाईनल पनि भएको हो तर यहाँ आएपछि नबोल्ने भन्ने भयो’ सचिव गङगोलले भने, ‘केहि प्रतिबद्धता हुन्छ भन्ने आशा थियो ।’
स्रोतका अनुसार छतमा अवलोकन गर्नका लागि बनाईएको सानो मञ्च, अतिथिहरुको सङख्या बढि भएकाले सुरक्षा चुनौती समेत हुने भएकाले कार्यक्रममा कुनै उद्घोष समेत गरिएको थिएन । राष्ट्रपति पौडेल खुरुखुरु आएर सलामि खाए, पुजा गरे र पाल्पाबाट निस्किए ।
राष्ट्रपतिका साथै भगवती रथयात्रा अवलोकनका लागि रक्षामन्त्री मानबीर राई, पर्यटनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ति, पाल्पाबाट निर्वाचित संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य तथा लुम्बिनी प्रदेशसभाका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेम सारु लगायत उच्च पदस्थ ब्यक्तिहरु सहभागी थिए ।
प्रेस सल्लाहाकार किरण पोखरेलले राष्ट्रपती पौडेलले पुरातत्व विभाग मार्फत भगवती मन्दिरको पुर्ननिर्माणका लागि ध्यानाकर्षण गराउने जानकारी गराएको बताए ।
-नारायण न्यौपाने
पाल्पा, भदौ ११