तुलसी घिमिरेले गोरखाबाट थाले ‘पहाड’को छायांकन

निर्देशक तुलसी घिमिरेले मंगलबार गोरखाबाट आगामी कथानक फिल्म ‘पहाड’को छायांकन थालेका छन् । ऐतिहासिक गोरखा दरबारमा मुहूर्त पूजा गरेपछि छायांकन सुरु भएको हो ।मुहूर्त पूजामा कलाकार मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यु अभिनेत्री तथा घिमिरेकी कान्छी छोरी पञ्चमीले सट् दिए । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक, आर्थिक समस्याको कथा फिल्मले पेश गर्छ । पटकथा पनि घिमिरेले लेखेका हुन् । समाजको यथार्थतालाई दर्शकमाझ ल्याउन लागेको उनले बताए । भन्छन्, ‘यसमा मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिने छ । फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई पनि चित्रण गर्छ ।’ भन्ने कुरा उनी स्पस्ट पारेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?