देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही तराई भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै र मधेस प्रदेशलगायत बाँकी तराई भू-भागका एक-दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





