तानसेनका बोडिङ्ग स्कुलको मनोमानी कस्ले रोक्छ ? एउटा स्करपियोले २५ जना बिद्यार्थी बोक्छ ।

तानसेनका केही निजी बिद्यालयले महिनौ देखी बिद्यार्थीलाई उकुस मुकुस हुने गरि बिद्यालय ओसार पसार गरेका छन । उनिहरुलाई श्वाँस फेर्न समेत गारो छ । यहाँको भि.एस एकेडमी सेकेण्डरी स्कुलले २५ जना बिध्यार्थी एउटा स्करपियोमा बोक्दै आएको छ । जबकी एउटा स्करपियोको सिट पास सङख्या चालक बाहेक ७ जनाको हो । त्यस्तै आँफुलाई प्रतिष्ठित ठान्ने न्यू होराईजनले पनि सिट क्षमता भन्दा धरै बिद्यार्थी बोक्ने गरेको छ ।

भि.एसका प्रधानाध्यापक भरत न्यौपानेले केही बिद्यार्थीका लागि मात्र अर्को सवारी ब्यवस्था गर्न आर्थिक भार पर्ने भएकाले ब्यवहारिकताले सहि लागेर बोकेको तर्क गर्छन । उनले भने, ‘हाम्रा पनि बाध्यता छन त्यो कल्लो बुझ्‌छ ?’ उनले केही समयपछि समस्या समाधान गर्ने बताएका छन । तर कोचिएर यात्रा गर्ने अवोध बालबालिकाको बाध्यता भने उनले बुझेका छैनन । त्यस्तै सिट क्षमता भन्दा धेरै बिध्यार्थी बाक्ने न्यु होराईजन माविका प्रधानाध्यापक डाँसुराम पन्तले एउटा बस बिग्रिरहने भएकाले समस्या भएको बताउँछन ।

यातायात ब्यवस्था विभागले जारी गरेको जारी गरेको स्कुल बस निर्देशिकाले १२ वर्ष भन्दा कम उमेरका बिध्यार्र्थी सिट क्षमता भन्दा १.५ गुणा बढि बोक्न पाउने ब्यवस्था गरेको छ । ब्यवस्था अनुसार पनि स्करपियोले बढिमा ११ जना बोक्न सक्छ । होराईजनको स्कुल बसले पनि क्षमता भन्दा बढि बोकीरहेको छ ।

नाफामुखी निजी बिद्यालयले गरेको यस्तो नियम बिपरित कार्य प्रती न प्रहरीको आँखा छ न अभिभावक मुख खोल्न सकेका छन, बिध्यार्थी त कसरी बोलुन शिक्षकहरुले आँफुहरुले जे भनेपनी मान्नुपर्छ भनेर सिकाएका छन । १/२ दिन कोचिएर हिँडनु परेपनि अलग कुरा हो तर बजार क्षेत्रमानै भएको यो विषयमा नियमकारी निकाय मौन रहनु सोचनीय भएको कतिपयको भनाई छ । यसको जवाफ तिनै बिध्यार्थीले खोजिरहेका छन जोे साथिको एउटा घुँडामा अडिएर बिद्यालय जान्छन ।

प्रहरी भन्छ नियमअनुसार बिद्यार्थी नबोके कारवाही हुन्छ ।

सिट क्षमता र स्कुल बस निर्देशिका बिपरित बिद्यार्थीे बोकेको प्रति ध्यानाकर्षण भएको भन्दै पाल्पाका प्रहरी प्रमुख एसपी पवन कुमार भट्टराईले यस विषयमा निगरानी गर्ने बताएका छन । ‘करेक्शन गर्न सकिने रहेछ भने उहाँहरुले गर्नुहुन्छ’, प्रहरी प्रमुख एसपी भट्टराईले भने, ‘निरिक्षण गरि निर्णय लिन्छौँ ।’ त्यस्तै पाल्पाका ट्राफिक प्रहरी प्रमुख खिमानन्द पङगेनीले आँफु जिल्ला आएको १ साता मात्रै भएकाले यो विषयमा जानकारी नभएको बताए । उनले निजी बिद्यालयँंग सवारी सुरक्षा र सिट क्षमताका बिषयमा छलफल गर्ने योजनामा रहेको प्रतिक्रिया दिए ।

प्याब्सनको भुमिका कमजोर

शिक्षकको सुविधा, अर्थ संकलन र निकटस्थ पब्लिकेशनको पुस्तक छनोटमा ध्यान दिने प्याब्सनले बिद्यार्थीले दिनहुँ भोगीरहेको यातायात सम्बन्धि समस्याका बारेमा भने कहिल्यै औपचारिक छलफल गरेको छैन । प्याब्सन पाल्पाको नेत्रित्व गरेका न्यू होराईजन बोडिङ्ग स्कुलका प्रधानाध्यापकले आफ्‌नै बिद्यालयले क्षमता भन्दा धेरै बिध्यार्थी बोक्ने भएकाले पनि अन्य बिद्यालयलाई केही भन्ने नैतिक आँट गर्न सकेका छैनन । ‘हामि बिद्यार्थीको सुरक्षामा गम्भिर छौँ, केही बिध्यालयले सवारी थप गर्ने योजनामा पनि छन’, अध्यक्ष पन्तले भने, ‘केही समस्या भने अवस्य छन ।’ उनले आफ्‌नो बस बेला बेला बिग्रिरहेकाले सिट क्षमता भन्दा धेरै बिद्यार्थी बोक्ने बाध्यता आईपरेको बताउने गरेका छन ।

अधिकतम गति

स्कुल बस निर्देशिकामा बिद्यार्थी बोक्ने सवारीको गति अधिकतम ४० किमि प्रतिघण्टा तोकीयको छ । तर केही बिद्यालयमा एउटै सवारीले २ ट्रिप गर्ने भएकाले गति समेत बढि हुने गरेको बताइएको छ । आवस्यकता भन्दा कम सवारीले काम चलाउन खोज्दा दुर्घटनाको जोखीम बढेको छ । तानसेनका १८ बिद्यालय मध्य १२ बिद्यालयका साना र ठुला गरि ३६ वटा बिध्यार्थी बोक्ने सवारी छन । यिनिहरुको नियमनमा ट्राफिक प्रहरी चुकेको देखिन्छ ।
नारायण न्यौपाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?