आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको लागी पाल्पा क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाको घरदैलो कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ ।
पाल्पाका विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट तथा जनसम्पर्क कार्यक्रममा उम्मेदवार थापाले देशको बदलिँदो राजनीतिक परिस्थितिमा यसपटक नयाँ विकल्पका रूपमा रास्वपालाई रोज्न आग्रह गर्नुभएको छ। उहाँले सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै आफूलाई विजयी गराउन मतदातासमक्ष अपिल गर्नुभएको छ ।
यसैक्रममा आज माघ २८ गते डा.थापाको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम विभिन्न स्थानमा तय गरिएको छ। बिहान ९ बजे चिर्तुङधारा, ११ बजे पोखरा थोकमा कार्यक्रम रहनेछ। त्यसैगरी दिउँसो १ बजे नायरनमतलेस र अपराह्न ३ बजे माथागढी-१, पाल्पामा जनसम्पर्क कार्यक्रम आयोजना गरिने रास्वापा सभापति बिष्णु भण्डारीले बताउनु भएको छ ।
रास्वपाले चुनावी अभियानलाई थप प्रभावकारी बनाउन गाउँ-गाउँमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।
निराजन पौडेल
पाल्पा ।





