पाल्पा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.माधव थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअघिको घरदैलो कार्यक्रम तीव्र रूपमा सञ्चालन गर्नुभएको छ ।
यसै क्रममा हिजो बगनासकाली गाउँपालिका वडा नं.१ चिर्तुङधारा, वडा नं.२ आर्यभञ्ज्याङ तथा माथागढी गाउँपालिका वडा नं.१ अगाहाँखोलामा स्थानीय बासिन्दासँग भेटघाट गर्नुभएको भयो । घरदैलो कार्यक्रममा विकास, पूर्वाधार तथा आधारभूत सेवासम्बन्धी विषयमा छलफल भएको छ ।
अगाहाँखोलामा अधिकांश स्थानीय बासिन्दाहरु स्वतःस्फूर्त रूपमा रास्वपामा प्रवेश गरेको रास्वपा क्षेत्रीय सभापति गणेश बस्यालले जानकारी दिनुभयो । भेटघाटका क्रममा मतदाताहरूले सुरक्षित खानेपानीको अभाव र ग्रामीण सडक पूर्वाधारको कमजोर अवस्थालाई प्रमुख समस्या भएको बताएका थिए ।
डा.थापाले जनताका आधारभूत समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक बजेट विनियोजन, सम्बन्धित निकायसँग समन्वय गरि खानेपानी तथा सडक सुधारमा प्रभावकारी पहल गर्ने बताउनुभएको थियो ।
निराजन पौडेल
पाल्पा ।





