रवि लामिछाने पाल्पामा

माघ महिना मौसम निकै चिसो । साँझ पनि परि सकेको । तर तानसेनका बासिन्दाहरूले त्यसको खासै वास्ता गरेनन्  । उनीहरूका लागि त्यो चिसोभन्दा ठूलो कुरा थियो रवि लामिछानेलाई देख्ने अनि भेट्ने रहर । टुँडिखेलको गेट अगाडि मानिसहरूको बाक्लो भीड। कोही हातमा पार्टीको झण्डा बोकेका थिए, कोही मोबाइल तयार पारेर भिडियो खिच्न आतुर देखिन्थे, त कोही आफ्ना साथीहरूसँग कुराकानी गर्दै समय कटाइरहेका थिए । सबैको ध्यान थियो रवि लामिछाने कति बेला आइपुग्ने हुन् !

समय बित्दै जाँदा भीड झनै बाक्लो हुँदै गयो । विभिन्न उमेर समूहका मानिसहरूको उपस्थिति देखिन्थ्यो । कतिपयले नारा लगाउँदै माहोललाई तातो बनाइरहेका थिए। टुँडिखेलको आसपास सुरक्षाकर्मीहरू पनि थिए ।

अन्ततः प्रतीक्षाको घडी समाप्त भयो । रवि लामिछाने कार्यक्रम स्थलमा आइपुगे । उनको आगमनसँगै भीडमा धेरै हलचल मच्चियो  दर्शकहरूले फूलका थुँगाले स्वागत गरे, उच्च स्वरमा “रवि दाई हाइ हाइ ,भोट के मा घण्टीमा” जस्ता नारा घन्किए । केहीले हात हल्लाउँदै नमस्कार गरे भने केहीले उनको तस्बिर खिच्न व्यस्त भए। टुँडिखेल को रौनक नै फरक रह्यो ।

पछिल्लो समय देशव्यापी रूपमा सञ्चालन भइरहेको केन्द्रीय जनसंवाद अभियानअन्तर्गत लामिछाने विभिन्न जिल्लामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। सोही अभियानको निरन्तरतामा हिजो उनको पाल्पा आगमन भएको हो ।   उनले देशका विभिन्न स्थानमा पुगेर पार्टीको सन्देश प्रवाह गर्नुका साथै नागरिकका समस्या, गुनासा र सुझाव प्रत्यक्ष रूपमा सुन्दै आएका छन् ।

तानसेनबासीले साँझ पखँको मौसमको चिसोलाई यसरी बेवास्ता गर्दै लामिछानेलाई भेट्न चाहेको अनि उनी प्रति देखाएको माया र उत्साहले जनताको मनस्थिति अवश्य फेरिदै गएको आकलन गर्न सकिन्छ ।

निराजन पौडेल
फागुन १, पाल्पा ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?