राष्ट्रिय स्रोत तथा वित्त आयोग को मूल्याङ्कनमा रिब्दीकोट गाउँपालिका पहिलो भएको छ। पाल्पा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये रिब्दीकोटले ६९.९८ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो। गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीका अनुसार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा रिब्दीकोट उत्कृष्ट ठहरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको निकायले स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। यस्तो मूल्याङ्कनले स्थानीय तहबीच प्रतिस्पर्धा बढाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





