पाण्डेयको घरदैलो अभियान तीव्र

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचन नजिकिँदै जाँदा पाल्पा क्षेत्र नं.२ मा चुनावी माहोल तातिँदै गएको छ। पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका उम्मेद्वार सोमप्रसाद पाण्डेयले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग आफ्ना चुनावी एजेन्डा र विकासका योजनाबारे जानकारी गराइरहेका छन्।

घरदैलो कार्यक्रमका क्रममा पाण्डेयले जनतामा देखिएको निराशा र आक्रोशलाई आशामा बदल्नुपर्ने बताए। समस्या बुझ्दै  दीर्घकालीन योजनामा सँगै लाग्ने प्रतिबद्धता बलियो बन्दै गएको उनले बताएका छन् ।

पाल्पाका विभिन्न स्थानमा आयोजित मतदाता भेटघाट तथा छलफल कार्यक्रममा पाण्डेयले आफू नागरिकको सुख-दुःखमा सधैं साथमा रहेको दाबी गरे। उनले आगामी दिनमा निर्वाचित भए वा नभए पनि जनताको माग र आवश्यकताअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?