आजदेखि फागुन १७ गतेसम्म देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। निर्वाचन आयोग का अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम विशेष कार्यक्रम सुरु गरिएको हो।
आयोगले जनाएको अनुसार ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। मतदातालाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार र सञ्चार क्षेत्रसँग सहयोगको अपिल गरिएको निर्वाचन आयोगले जनाएको छ ।





