राष्ट्रिय स्वतन्त्र पार्टीको ५ वर्षे लक्ष्य सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘नागरिक करार’ सार्वजनिक गर्दै पाँच वर्षभित्र गर्ने मुख्य लक्ष्यहरू घोषणा गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भए ५ वर्षभित्र मुलुकको जिडिपी १०० अर्ब डलर र प्रतिव्यक्ति आय ३,००० डलर पुर्‍याउने प्रतिबद्धता गरिएको छ।

करारमा भ्रष्टाचार नियन्त्रण र सुशासनलाई पहिलो प्राथमिकतामा राखिएको छ भने मध्यम वर्ग विस्तार, गुणस्तरीय स्वास्थ्य-शिक्षा सुधार र एकीकृत सामाजिक सुरक्षाको योजना अघि सारिएको छ।

पार्टीले ५ वर्षमा १२ लाख रोजगारी सिर्जना गर्ने, १५ हजार मेगावाट विद्युत् जडान क्षमता पुर्‍याउने र ३० हजार किलोमिटर सडक सञ्जाल विस्तार गर्ने लक्ष्य लिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?