रम्भागाउँपालिका अध्यक्ष भण्डारी भन्नछन्ः मेरो द्रोस्रो कार्यकालमा पनि म सम्झीन लायक काम गर्नेछु ।

निराजन पौडेल
तानसेन, पाल्पा
जेष्ठ १० ।

‘जनताहरुको रोजाईमा पर्नको लागी विगतमा राम्रो छाप छोड्नु आवश्यक छ ।’ यस भनाईलाई सार्थक तुल्याउन सफल भएका छन् रम्भागाउपालिकाका पालिका अध्यक्ष विष्णु प्रसाद भण्डारी । उनी २०७९ को स्थानियतहको निर्वाचनमा नेकपा एमालेको प्रतिनिधित्व गर्दै द्रोस्रो पटक अध्यक्षपदमा निर्वाचित भएका हुन् । निम्नवर्गीय परिवारमा जन्मिएका भण्डारीको प्रारम्भीक शिक्षा गुरुकुल पद्धतिबाट भएको थियो । कक्षा ४ देखी जनकल्याण मा.वि.  बाट औपचारिक शिक्षा हासिल गरेका उनले मूल विषय अर्थशास्त्रबाट एम ए स्नाकोत्तर गरेका छन् । बाल्यकाल देखीनै अनुशासित, लगनशिल, विकासप्रेमी, कर्तव्यनिष्ठ स्वभाव भएका भण्डारीको पालिकामा मात्र नभई सिङ्गो जिल्लाभरी राम्रो छवि रहेको छ ।

बिधार्थीकाल देखीनैअनेरास्ववियुको विभिन्न तह र तप्कामा रही काम गर्दै आएका भण्डारी वि. स. २०५३ सालमा नेकपा एमाले गाउँ कमिटीको सचिव भई काम गरे । भण्डारीले पार्टीको ईलाका, क्षेत्रिय हुदै जिल्ला कमिटी सदस्य भई पार्टीमा महत्वपुर्ण योगदान पुर्याएका छन् । हाल भण्डारी एमाले पाल्पाको नवौ जिल्ला अधिवेशन बाट जिल्ला कमिटी सदस्य, रम्भा गाउँपालिकाको इन्चार्ज र जिल्लाको स्थानीयतहको प्रमुखको जिम्मेवारीमा आवद्ध छन् । उनको सामाजिक क्षेत्रमा योगदान अतुलनीय रहेको छ । २०५२ साल बाट सामाजिक क्षेत्रमा संलग्न भएका भण्डारीले हाल सम्म धेरै उदाहरणीय काम गरेका छन् । स्थानीय निर्वाचन २०५४ सालमा हुगी गाविसको अध्यक्ष भई जनप्रतिनिधीको काम गरेका भण्डारी २०७४ सालको स्थानीयतहको निर्वाचनमा रम्भा गाउँपालिकाको पहिलो अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

भण्डारी २०४७ साल देखी २०५१ सम्म भृकुटी प्राथमिक विधालयमा शिक्षण पेशामा आवद्ध भए । उनले २०५५ साल देखी २०७५ साल सम्म जनकल्याण मा.वी. हुगीको विधालय व्यबस्थापन समितीको अध्यक्ष भई काम गरेका थिए । भण्डारीले पहिलो पटक रम्भागाउँपालिकाको पालिका अध्यक्ष भएसँगै शिक्षा, स्वास्थ्य, पुर्वाधार, सडक सञ्जाल, कृषि तथा पशु क्षेत्र, स्वास्थ्य चौकीहरुमा गुणस्तरीय ल्याव, निशुल्क स्वास्थ्य सेवा, स्वास्थ्य चौकीमा पालिकाबाटै कर्मचारी दरवन्दी थपेर उपकरण तथा गुणस्तरीय सेवा, गर्भवती महिला लाई बर्थिङ सेन्टर सम्म पुर्याउन पालिकाभरी ३ वटा एम्वलुेन्स  सञ्चालन, निशुल्क यातायातको व्यबस्था, दिर्घरोगी लाई घर घरमा औषधी, बार्षिक रुपमा एकपटक घरमै चेकजाँचको व्यबस्था, आदी जस्ता महत्वपूर्ण कार्य गरेका थिए । उनले पालिका भित्र संस्कारयुक्त शिक्षा पद्धती विकास गर्न कालीगण्डकी गुरुकुल शिक्षाको शुभारम्भ गरी कक्षा ८ सम्म संचालन गरेका छन ।

विधार्थीलाई सिकाउने टिकाउने विकाउने अभियान शुरु गरी गुणस्तरीय शिक्षाको सुत्रपात गरेका छन् । विधालयमा विधार्थी टिकाउन भण्डारीले शिशु कक्षादेखी ८ कक्षासम्म विधार्थी खाजा अभियान संचालन गरे । पालिकामा अध्यनरत बालशिक्षा देखी कक्षा १२ सम्मका विधार्थीहरुलाई दुर्घटना विमा गरेको छ । पहाडी क्षेत्रका सबै अविभावकहरु कृषिमा आधरित भएकोले एक विधार्थी, एक करेसावारी अभियान चलाएको उनी बताउछन् । जसको लागी पालिकाले विधार्थीहरु लाई विउ विजन देखी प्राविधिक विषयमा सहयोग गर्दै आएको छ । पालिकाले गुणस्तरीय, प्रविधीमैत्री शिक्षाको लागी प्रत्येक विधालयमा इन्टरनेट र एक शिक्षक एक ल्यापटप अभियान संचालन गरेको छ । कृषि उधमीको लागी विना धितो सहुलियत दरमा ऋण प्रदान, कृषको उत्पादनलाई निशुल्क कोल्डस्टोरको व्यबस्था आदी जस्ता उदाहरणीय कार्य गरी जनताहरुको मन जित्न सफल भएका छन् ।

द्रोस्रो पटक अध्यक्षपदमा निर्वाचित भएपछि भण्डारीले आफ्नो द्रास्रो कार्यकाल भावि पुस्ताकालागी स्मरणयोग्य बनाउने दावी गर्छन् । आफ्नो पहिलो कार्यकालमा बाकि रहेका विभिन्न कार्यहरु जस्तै शिक्षा, स्वास्थ्य, पुर्वाधार, सडक सञ्जाल, कृषि तथा पशु क्षेत्रलाई गुणस्तरीय बनाई आफ्नो पालिकालाई नमुना बनाउने कुरामा भण्डारी विश्वस्त छन् । जसको लागी जनताहरुले आफूलाई साथ र सर्मथन दिइ अघि बढ्नु पर्ने तर्क उनी अघि सार्र्छन । आफ्नो गाउँ आफै बनाउ भन्ने कुरालाई सार्थकता प्रदान गर्न भण्डारीले सबैलाई अपिल गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?