पाल्पा, असार २५
शैक्षिक धरोहरको रुपमा मानिएको पाल्पाको तानसेन स्थित त्रिभुवन बहुमुखी क्याम्पसलाई विश्व बिद्यालय बनाउनु पर्ने आवाज उठेको छ । दशकौँदेखी शिक्षा क्षेत्रमा उचो छवी बनाएको क्याम्पसको विकाशक्रम कमजोर भएको भन्दै समय अनुसार क्याम्पसको स्तर बृद्घि हुन आवश्यक रहेको धारणा सार्वजनिक भएको छ । क्याम्पसको ६८ औँ वार्षिक उत्सवको अवसरमा कुटुम्बपोस्ट.कम संगको कुराकानीको क्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले यस्तो बताउनुभएको हो ।
‘लुम्बिनी प्रदेशमानै यो क्याम्पसको आफ्नो ईतिहांस छ, यो आफैमा गौरवपुर्ण छ, यसलाई एउटा नामि विश्व विद्यालय को रुपमा विकाश गर्नु उचित हुन्छ’, नेता गैरेले भन्नुभयो, ‘यसका लागि आजका मितिबाट मेरो प्रयास रहन्छ ।’